+

साम्बाको उपचारार्थ कांग्रेसले गर्‍यो पाँच लाख सहयोग

२०८२ फागुन  १२ गते ११:२६ २०८२ फागुन १२ गते ११:२६
साम्बाको उपचारार्थ कांग्रेसले गर्‍यो पाँच लाख सहयोग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारार्थ पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
  • कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एन्फा अध्यक्षसँग टेलिफोन संवाद गरी उपचार कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
  • कांग्रेसका सभापति गगनकुमार थापाले साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको बताएका छन्।

१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारार्थ नेपाली कांग्रेसले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

साम्बा घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा छन् । उनले सहयोगको अपिल समेत गरेकी छन् ।

यसै सन्दर्भमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको कांग्रेसको केन्द्रिय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेकी प्रसिद्ध फुटबल खेलाडी साम्बाप्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको बताएका छन् ।

साथै, सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कांग्रेसले खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउने संकल्प गरेको पनि कांग्रेसको केन्द्रिय कार्यालयका कार्यवहाक मुख्यसचिव दुलालले बताएका छन् ।

नेपाली काँग्रेस साम्बाको उपचार सावित्रा भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय