+

राष्ट्रिय लिग : प्लानिङ ब्वाइज र जावलाखेल विजयी, इबोउ केबेको ह्याट्रिक

२०८२ फागुन  ११ गते २२:०८ २०८२ फागुन ११ गते २२:०८
राष्ट्रिय लिग : प्लानिङ ब्वाइज र जावलाखेल विजयी, इबोउ केबेको ह्याट्रिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पापा इबोउ केबेको ह्याट्रिकमा प्लानिङ ब्वाइजले संकटालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ।
  • जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गरेको छ।
  • प्लानिङ ब्वाइजले ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ भने संकटा ७ खेलबाट ६ अंकसहित दशैँ स्थानमा छ।

११ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा सोमबार भएको खेलमा प्लानिङ ब्वाइज र जावालखेल युथ क्लबले जित हात पारेका छन् ।

पापा इबोउ केबेको ह्याट्रिकमा प्लानिङ ब्वाइजले संकटालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको केबेले १९औं मिनेटमा गोल गर्दै प्लानिङलाई अग्रता दिलाएका थिए । श्याम मुर्मुले ३०औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

केबेले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा ९०औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने प्लानिङलाई सहज जित दिलाए ।

७ खेलमा पाँचौ जित हात पारेको प्लानिङले शीर्ष स्थानको एपीएफ एफसी र मछिन्द्र एफसी समान १६ अंक जोडेको छ । संकटा ७ खेलबाट ६ अंकसहित दशैँ स्थानमा छ ।

सोमबारै भएको पहिलो खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गरेको छ । एन्फा कम्प्लेम्समा भएको खेलमा जावलाखेलका लागि निकोलस ह्यामिल्टनले १८औं, युवराज ढकालले २८औं र विकास दर्लामी मगरले ७७औं मिनेटमा गोल गरे ।

लिगमा जावलाखेलको यो तेस्रो जित हो र ६ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लेको छ । चौथो हार व्यहोरेको पुलिस ६ खेलबाट ४ अंकसहित १४औं स्थानमा छ ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय