News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले रु ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
- कम्पनीले सावित्रा भण्डारीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
- एक्स्ट्रिम एनर्जी ड्रिंकले सावित्राको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पुनः मैदानमा फर्किने विश्वास व्यक्त गरेको छ।
११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले रु ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
कम्पनीका अनुसार, देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उपचार तथा पुनः मैदानमा फर्किनका लागि सानो सहयोगस्वरूप यो रकम प्रदान गर्न लागिएको हो ।
एक्स्ट्रिम एनर्जी ड्रिंकले सावित्रा भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया 4