+
जय ट्रफी क्रिकेट :

दिल्सादको अर्धशतकमा एपीएफविरुद्ध पुलिस अग्रता नजिक

२०८२ फागुन  ११ गते १७:४९ २०८२ फागुन ११ गते १७:४९
दिल्सादको अर्धशतकमा एपीएफविरुद्ध पुलिस अग्रता नजिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेटअन्तर्गत एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेलको पहिलो दिन पुलिसले ५ विकेट गुमाएर १७९ रन बनाएको छ।
  • एपीएफले ६३.४ ओभरमा १८५ रन बनाएको थियो र पुलिस ६ रनले पछि छ।
  • पुलिसका लागि दिल्साद अलीले अर्धशतक बनाए भने ललित राजवंशी र सागर ढकालले ४-४ विकेट लिए।

११ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच कीर्तिपुरमा भइरहेको खेलको पहिलो दिन सकिँदा पुलिस अग्रताको नजिक पुगेको छ ।

एपीएफले बनाएको १८५ रनको योगफल पछ्याइरहेको पुलिसले दिनको समाप्तिमा ५ विकेट गुमाएर १७९ रन बनाएको छ र ६ रनले मात्र पछाडि छ ।

पुलिसका लागि दिल्साद अलीले अर्धशतक बनाएर आउट भए भने शंकर राना ४८ रन बनाएर खेलिरहेका छन् । अमित श्रेष्ठले ४१ रन बनाए । कुशल भुर्तेलले २२ रन बनाए ।

एपीएफका लागि इर्साद अहमद, अभिशेष गौतम, युवराज खत्री, अमरसिंह राउटेला र सन्दीप जोराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ६३.४ ओभर खेलेर १८५ रनमा अलआउट भएको थियो । सुमित महर्जनले ५५ रन बनाए । कप्तान रोहित पौडेलले ४५ रन बनाए ।

दीपक बोहराले २८, युवराज खत्रीले १६, आसिफ शेखले १२, सन्दीप जोराले १० रन बनाए ।

पुलिसका ललित राजवंशी र सागर ढकालले ४-४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए ।

जय ट्रफी क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय