+
जय ट्रफी क्रिकेट :

बागमतीको योगफल पछ्याउँदा आर्मी बलियो अवस्थामा, भीमको लगातार उत्कृष्ट ब्याटिङ

२०८२ फागुन  ११ गते १७:३४ २०८२ फागुन ११ गते १७:३४
बागमतीको योगफल पछ्याउँदा आर्मी बलियो अवस्थामा, भीमको लगातार उत्कृष्ट ब्याटिङ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेटअन्तर्गत बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध २५९ रन बनाएर पहिलो दिनको खेल सकाएको छ।
  • त्रिभुवन आर्मी क्लबले दिनको अन्त्यसम्म ३ विकेट गुमाएर १९१ रन बनाएको छ।
  • भीम सार्की ७४ रनमा आउट भएका छन् भने सन्तोष कार्की ४३ रनमा खेलिरहेका छन्।

११ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा भइरहेको बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच पहिलो दिनको खेल सकिएको छ ।

बागमतीले बनाएको २५९ रनको योगफल पछ्याइरहेको आर्मीले दिनको समाप्तिमा ३ विकेट गुमाएर १९१ रन बनाएको छ । भीम सार्की ७४ रन बनाएर आउट भए । भीमले पहिलो खेलमा शतक बनाएका थिए ।

सन्तोष कार्की ४३ रनमा खेलिरहेका छन् । त्यसअघि तृतराज दास ३८ अनि इमरान शेख १८ रनमा आउट भएका थिए । बागमतीका लागि रिजन ढकाल, सन्दीप लामिछाने र बिपिन आचार्यले १-१ विकेट लिएका छन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले आशुतोष घिरैया र इशान पाण्डेको अर्धशतकमा २५९-७ को अवस्थामा इनिङ घोषणा गरेको थियो ।

आशुतोषले ७७ तथा इशानले ६९ रन बनाए । बिबेक मगरले ३१ रन बनाए । रित गौतम र शुभ कंसाकारले समान २० रन बनाए ।

आर्मीका शाहब आलमले ३ विकेट लिँदा नरेन साउदले २ तथा कुशल मल्ल र बसिर अहमदले १-१ विकेट लिए ।

जय ट्रफी क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय