+

एन्फाको जवाफ कुर्दै राखेप

२०८२ चैत  ११ गते १५:२७ २०८२ चैत ११ गते १५:२७
एन्फाको जवाफ कुर्दै राखेप

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २४ घण्टाको अल्टिमेटमसहित 'कारबाही किन हुनु नपर्ने हो ?' भनेर पत्र पठाएको छ।
  • राखेपले बुधबार साँझ ५ बजेसम्म एन्फाको जवाफ कुर्ने र त्यसपछि के गर्ने निर्णय गरिने जनाएको छ।
  • एन्फाले राखेपको स्वीकृतीबिना निर्वाचन गर्न खोजेपछि विवाद सिर्जना भएको छ र राखेपले पटकपटक निर्वाचन स्थगित गर्न पत्र पठाएको छ।

११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई जवाफ कुरिरहेको छ ।

राखेपले मंगलबार एन्फालाई ‘कारबाही किन हुनु नपर्ने हो ?’ भन्ने कारण सोध्दै २४ घण्टाको अल्टिमेटमसहित पत्र पठाएको थियो । राखेपले अहिले सोही पत्रको जवाफ कुरिरहेको हो ।

बुधबार साँझ ५ बजेसम्म एन्फाको जवाफ कुर्ने र त्यसपछि के गर्ने भन्ने निर्णय गरिने राखेपका एक कार्यकारी समितिले बताए ।

एन्फाले स्वीकृतीबिना निर्वाचन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो । राखेपले पटकपटक निर्वाचन स्थगित गर्न पत्र पठाएको थियो । तर, एन्फाले टेरेको छैन ।

एन्फा निर्वाचन विवाद एन्फा विवाद राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय