+
पीएम कप क्रिकेट :

अरनिको यादवको अलराउन्ड प्रदर्शनमा मधेशले सुदूरपश्चिमलाई हरायो

२०८२ चैत  ११ गते १५:१९ २०८२ चैत ११ गते १५:१९
अरनिको यादवको अलराउन्ड प्रदर्शनमा मधेशले सुदूरपश्चिमलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।
  • अरनिको यादवले ७८ बलमा ४६ रन बनाएर मधेशको जितमा महत्वपूर्ण भूमिका खेलेका छन्।
  • सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य मधेशले ३३.४ ओभरमा पूरा गरेको थियो।

११ चैत, काठमाडौं । अरनिको यादवको अलराउन्ड प्रदर्शन मद्दतमा मधेश प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

बुधबार वीरगन्जमा भएको खेलमा मधेशले सुदूरलाई ५ विकेटले पराजित गरेको हो । सुदूरले दिएको १६१ रनको लक्ष्य मधेशले ३३.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अरनिकोले संयमित ब्याटिङ गर्दै ७८ बलमा ९ चौकासहित अविजित ४६ रनको महत्त्वपूर्ण इनिङ खेले । मोहम्मद आदिल आलमले ३४ रन बनए । पवन सर्राफले २१ रन बनाए भने रुपेश सिंह १६ रनमा अविजित रहे ।

सुदूरका अशोक धामीले ३ विकेट लिँदा कप्तान शेर मल्लले २ विकेट लिए । पहिलो खेलमा चम्किएका हेमन्त धामीले विकेट निकाल्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४३.२ ओभरमा अलआउट हुँदै १६० रन बनाएको थियो ।

सुदूरका लागि अभिषेक पालले सर्वाधिक ३३ रन बनाए भने किरण ठगुन्ना र नारायण जोशीले समान २३ रन बनाए ।

मधेशका अरनिकोले ७.२ ओभरमा २५ रन दिएर ३ विकेट लिए । प्रदिप पासवानले २ विकेट लिए भने रुपेश सिंह, आदिल आलम, आशिक बैठा र पवन सर्राफले १-१ विकेट लिए ।

प्रतियोगितामा मधेशले २ खेल खेल्दा पहिलो जित निकालेको हो । यसअघि कोशी प्रदेशसँगको खेल वर्षाले रद्द भएको थियो । पहिलो खेलमा कर्णालीलाई हराएको सुदूरले पहिलो हार बेहोरेको हो ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय