+

एन्फालाई राखेपको पत्र : कारबाही गर्नु नपर्ने कारण भए २४ घण्टाभित्र पेस गर्नू

२०८२ चैत  १० गते १५:०५ २०८२ चैत १० गते १५:०५
एन्फालाई राखेपको पत्र : कारबाही गर्नु नपर्ने कारण भए २४ घण्टाभित्र पेस गर्नू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघलाई २४ घण्टाभित्र कारबाही नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ ।
  • राखेपले एन्फालाई निर्वाचन स्थगित नगर्ने निर्णयको जवाफ माग्दै २४ घण्टाभित्र सफाई पेश गर्न निर्देशन दिएको छ ।
  • राखेप सदस्य सचिवले एन्फा अध्यक्ष र महासचिवसँग अर्ली इलेक्सन विषयमा छलफल गरी कार्यकारी समितिले अन्तिम पटक स्पष्टिकरण मागेको छ ।

१० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २४ घण्टाभित्र कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ ।

राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज कुमार पोखरेलले पटक पटक भएको छलफल र निर्देशनको परिपालना नगरेकाले २४ घण्टाभित्र सफाई पेश गर्न पत्र पठाएका हुन् ।

‘नियामक निकायसँग पटक पटक भएको छलफल र निर्देशनको परिपालना नगरेको हुँदा परिषदको कार्याकारी समितिको मिति २०८२/१२/०९ को बैठकबाट ऐनको दफा २८ को (ड) र दफा २९(१) बमोजिम भएको निर्देशन कार्यान्वयन नगरी प्रचलित कानून विपरित कार्य गरेको हुँदा ऐ. ऐनको दफा २९ को (२) बमोजिमको कार्बाही किन हुनु नपर्ने हो? सो का लागि ऐ. दफाको (७) बमोजिम पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र सफाई पेश गर्नका लागि पत्राचार गर्ने निर्णय भएको हुदाँ सोही बमोजिम उचित कारण सहित लिखित जवाफ पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ’ पत्रमा लेखिएको छ ।

यसअघि राखेपले चैत ५ गते एन्फालाई निर्वाचन स्थगित गरेको लिखित जानकारी तीन दिन भित्र गराउनु भनी पत्र पठाएको थियो । तर एन्फाले चैत ८ गते जवाफी पत्र पठाउँदै निर्वाचन स्थगित नहुने र तोकिएको मिति चैत १३ मै निर्वाचन हुने जानकारी गराएको थियो ।

राखेप सदस्य सचिव राम चरित्र मेहताले सोमबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायत विभिन्न पक्षलाई राखेपमा बोलाएर अर्ली इलेक्सनको विषयमा छलफल गरेका थिए ।

उक्त छलफलपछि बसेको राखेप कार्यकारी समितिको बैठकले अन्तिम पटक एन्फालाई स्पष्टिकरण पेश गर्न २४ घण्टा समय दिएको हो ।

एन्फा विवाद नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय