News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्ले चैत १३ गतेका लागि तोकिएको अखिल नेपाल फुटबल संघको साधारण सभा तथा निर्वाचन स्थगित गरेको छ।
- परिषद्को संघ संस्था समन्वय शाखा प्रमुख चन्दकुमार राईले निर्वाचनका लागि स्वीकृति नभएको कारण तीन दिनभित्र लिखित जानकारी दिन निर्देशन दिएका छन्।
- राखेपले निर्देशन पालना नगरे कारबाही गर्ने चेतावनी दिएको छ र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार प्रक्रिया अघि बढाउने जनाएको छ।
५ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चैत १३ गतेका लागि तोकिएको साधारण सभा तथा निर्वाचन स्थगित गरी जानकारी गराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाएको छ ।
राखेपका संघ संस्था समन्वय शाखा प्रमुख चन्दकुमार राईले पत्र लेख्दै निर्वाचनका लागि स्वीकृति नभएकोले स्थगित गरी ३ दिनभित्र त्यसको लिखित जानकारी गराउन निर्देशन दिएका हुन् ।
राखेपले पटक-पटक भएको निर्देशन पालना नगरी प्रक्रिया अघि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ ।
‘परिषद्बाट पटक-पटक भएको निर्देशन पालना नगरी प्रकृया अगाडि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र प्रचलित कानुन बमोजिम भई जाने व्यहोरा समेत निर्णयानुसार जानकारीको लागि अनुरोध छ,’ पत्रमा लेखिएको छ ।

प्रतिक्रिया 4