+

ललित जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी, इशान उत्कृष्ट ब्याटर

२०८२ चैत  ५ गते १७:४९ २०८२ चैत ५ गते १७:४९
ललित जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी, इशान उत्कृष्ट ब्याटर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
  • नेपाल पुलिस क्लबका बलर ललित राजवंशी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
  • इशान पाण्डे उत्कृष्ट ब्याटर घोषित भएका छन् र फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरिएको थियो।

५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको उपाधि विजेता नेपाल पुलिस क्लबका बलर ललित राजवंशी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल पुलिस क्लबलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ललित सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । प्रतियोगिताका चार खेलको ८ इनिङमा २६ विकेट लिएका उनी उत्कृष्ट बलर समेत घोषित भए ।

सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि ललितले निकै खुसी लागेको बताए । ‘धेरै खुसी छु, लगातार च्याम्पियन पनि भएका छौं । अहिलेको क्षण इन्जोए गरिरहेको छु’ ललितले भने, ‘व्यक्तिगत उपलब्धि पनि मेरा लागि महत्त्वपूर्ण छ, सोचेजस्तो प्रदर्शन भइरहेको थिएन । अब यही लय आगामी दिनमा निरन्तरता दिन्छु।’

ललितले फाइनलका लागि कुनै प्रेसर नरहेको र सबैले आ-आफ्नो क्षमतामा विश्वास गर्नाले सफल भएको प्रतिक्रिया दिए । ‘प्रेसरभन्दा च्यालेन्ज थियो, योजनाअनुसारको प्रदर्शन गरेको भएर सफलता प्राप्त गर्‍यौं’ उनले भने ।

यस्तै बागमती प्रदेशका ब्याटर इशान पाण्डे उत्कृष्ट ब्याटर घोषित भए । उनले प्रतियोगितामा ६ इनिङमा ६६ को औसतसहित ३३१ रन बनाएका थिए ।

बिहीबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।

जय ट्रफी क्रिकेट नेपाल पुलिस क्लब ललित राजवंशी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय