News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट रंगशालामा हुने खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सारिएको छ।
- नेपाल क्रिकेट संघले त्रिवि मैदानको स्तरोन्नति कार्यका कारण खेल सारिएको जानकारी गराएको छ।
- पीएम कप अधिकांश खेल मधेश प्रदेशको पर्सा र जनकपुरमा हुनेछन् र वैशाख ४ गतेसम्म चल्नेछ।
५ चैत, काठमाडौं । आउँदो चैत ७ देखि सुरु हुने प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट रंगशालामा हुने तय भएका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सारिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गरेर त्रिवि मैदानमा हुने खेल तल्लो मुलपानीमा सारिएको जानकारी गराएको हो । ‘लिग २ क्रिकेटका लागि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति कार्य गर्नु पर्ने भएको हुँदा यो व्यवस्था गरिएको छ’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पीएम कपका अधिकांश खेल मधेश प्रदेशको पर्सा र जनकपुरमा हुनेछ । सुरुवाती केही खेलहरू काठमाडौंमा पनि हुनेछन् ।
पीएम कप विसं २०८३ साल वैशाख ४ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया 4