News Summary
Generated by OK AI. Editorially reviewed.- शहीद स्मारक एन्फा महिला लिगमा बागमती युथ क्लबले आरएस पोखरामाथि ५–४ को गोलअन्तरले जित निकालेको छ।
- खेलमा अस्मिता मगरले दुई गोल गर्दै प्लेयर अफ द म्याच घोषित भएकी छिन्।
- जारी महिला लिगमा ९ टोलीले सहभागिता जनाएका छन् र अर्को खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच दिउँसो ३ बजे हुनेछ।
५ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा बागमती युथ क्लबले आरएस पोखरामाथि रोमाञ्चक जित निकालेको छ । च्यासल रंगशालामा भएको खेलमा बागमतीले पोखरालाई ५–४ को गोलअन्तरले पराजित गरेको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा आरएस पोखरा पराजित हुन पुग्यो । पोखराकी गीता श्रेष्ठले सातौं मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । उक्त अग्रता २ मिनेट पनि टिकेन । नवौं मिनेटमा बागमतीकी अस्मिता मगरले बराबरी गोल फर्काइन् ।
खेलको ४८औं मिनेटमा तुलसी कुमारी ओलीले गोल गर्दा पोखराले दोस्रोपटक अग्रता लियो । त्यसको ४ मिनेटपछि बागमतीकी प्रजिता राईले गोल गर्दे टोलीलाई बराबरीमा पुर्याइन् ।
त्यसपछि खेलको ६०औं मिनेटमा बागमतीकी दिक्षा रन्पालले गोल गर्दै टोलीलाई पहिलोपटक अग्रता दिलाइन् । पुनः ६८ मिनेटमा वर्षा कुवरले गोल गर्दै पोखरालाई बराबरीमा फर्काइन् ।
खेलमा ७०औं मिनेटमा अस्मिता र ७६औं मिनेटमा दिक्षाले गोल गर्दे बागमतीलाई २ गोलको अग्रतामा पुर्याए । पोखराकी गीता श्रेष्ठले पेनाल्टीमा ८३औं मिनेटमा एक गोल फर्काइन् ।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । बागमती युथ क्लब ५–० ले विजयी भयो । खेलमा २ गोल गरेकी अस्मिता प्लेयर अफ द म्याच घोषित भइन् ।
आजको दोस्रो खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबिच हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
जारी महिला लिगमा ९ टोलीले सहभागिता जनाएका छन् ।
तस्वीरहरू : विकास श्रेष्ठ




प्रतिक्रिया 4