News Summary
Generated by OK AI. Editorially reviewed.- काभा महिला नेसन्स भलिबल लिग आगामी जेठ ८ गतेदेखि १६ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने भएको छ।
- नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले आठ देशको सहभागितामा लिग हुने जानकारी दिनुभयो।
- लिगका लागि नेपालले २० खेलाडीलाई क्लोज क्याम्पमा बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ।
५ चैत, काठमाडौं । काभा महिला नेसन्स भलिबल लिग आगामी जेठ ८ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यसअघि स्थगित भएको लिग आगामी जेठ ८ गतेदेखि १६ गतेसम्म हुने तय भएको जानकारी दिए ।
यसअघि गत नोभेम्बरमा काठमाडौंको खुला मैदान उक्त लिग गर्ने तय भएको थियो । तर, भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण उक्त समयमा खेल हुन सकेको थिए ।
यसपटक त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने संघका महासचिव श्रेष्ठले जानकारी दिए ।
काभा महिला नेसन्स लिगमा ८ देशको सहभागिता रहने छ । उक्त लिगका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको महासचिव श्रेष्ठले बताए ।
प्रशिक्षणका लागि २० खेलाडीलाई क्लोज क्याम्पमा बोलाइएको छ ।
प्रतिक्रिया 4