News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले अध्यागमन विभागको पत्रपछि राष्ट्रिय लिगका म्याच नम्बर ९७ र १०० देखि १३६ सम्मका सबै खेल स्थगित गरेको छ।
- एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले स्थगित गरिएको सूचना क्लबहरुलाई गराएका छन्।
- अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई खेलमा सहभागी नगराउन एन्फालाई पत्र काटेको थियो।
५ चैत, काठमाडौं । अध्यागमन विभागको पत्रपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका खेलहरु स्थगित गरेको छ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले लिगको ९७औं खेल र एक सयपछिका सबै खेल अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी क्लबहरुलाई गराएका हुन् ।
योसँगै आज साँझ ६ बजेका लागि तय गरिएको एपीएफ क्लब र मछिन्द्र एफसीबिचको खेल पनि हुने छैन । यद्यपी आजको दोस्रो खेल भने चलिरहेको अवस्थामा छ ।
प्राविधिक कारणवश भनेर उल्लेख गरेपनि अध्यागमन विभागको पत्रपछि स्थगित गरिएको बुझिएको छ । अध्यागमन विभागले आज नै पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र काटेको थियो ।
एन्फाका सीईओ तुलाधरले अध्यागमनको पत्र र एन्फा गेटमा धर्ना भएका कारण लिगका खेल खेलाउने वातावरण नभएकोले स्थगित गरिएको जानकारी दिए ।
‘म्याच नम्बर ९७ र १०० देखि १३६ सम्मको सबै खेल स्थगित भएको छ’ उनले भने ।
प्रतिक्रिया 4