+

एन्फा महिला लिग पनि स्थगित

२०८२ चैत  ५ गते १७:४९ २०८२ चैत ५ गते १७:४९

अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गरेको छ । 

एन्फा महिला लिग पनि स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ एन्फाले अध्यागमन विभागको पत्रपछि महिला राष्ट्रिय लिग तीन दिनका लागि स्थगित गरेको छ।
  • महिला लिग बुधबारबाट सुरु भएको थियो र चार खेल भइसकेका छन्।
  • एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले छलफलपछि अघि बढ्ने बताए।

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गरेको छ ।

अध्यागमन विभागको पत्रपछि पुरुष राष्ट्रिय लिग फुटबल स्थगित गरेको एन्फा महिला लिग पनि स्थगित गरेको हो ।

शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि महिला लिग स्थगित गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

त्यसपछि छलफल गरेर अघि बढ्ने तुलाधरले बताए । बुधबारबाट सुरु भएको महिला लिगमा ४ खेल भएका छन् ।

अध्यागमन विभागले आज नै पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र काटेको थियो ।

महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय