+

फाइनल हारपछि सोमपालले भने- ब्याटिङ राम्रो हुन सकेन

२०८२ चैत  ५ गते १८:१२ २०८२ चैत ५ गते १८:१२
फाइनल हारपछि सोमपालले भने- ब्याटिङ राम्रो हुन सकेन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबका खेलाडीद्वय सोमपाल कामी र भीम सार्कीले जय ट्रफी क्रिकेट फाइनलमा ब्याटिङ राम्रो नभएको कारण हार बेहोरेको बताए।
  • सोमपालले विकेट च्यालेन्जिङ भएको र यसले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
  • भीम सार्कीले फिनिसिङ राम्रो नभएको र अझै रन थप्न सके विपक्षीलाई दबाब दिन सकिने बताए।

५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि त्रिभुवन आर्मी क्लबका खेलाडी सोमपाल कामीले ब्याटिङ राम्रो हुन नसक्दा हार बेहोरेको बताएका छन् ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सोमपालले ब्याटिङ र फिल्डिङमा चुक्दा जित निकाल्न नसकेको बताए । ‘ब्याटिङमा फिनिस राम्रो हुन सकेन । बलिङ ठीकठाक भएपनि क्याचहरू छुट्यो । त्यसकारण दबाब दिन सकिएन । मुख्य कुरा ब्याटिङमा नै हामी चुकेको हो’ सोमपालले भने ।

सोमपालले विकेट च्यालेन्जिङ नै रहेको र यसले नेपाली क्रिकेटको विकासका लागि नै सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘विकेट च्यालेन्जिङ हो । ब्याटिङ र बलिङ दुवैका लागि । यसले ब्याटिङ र बलिङ दुवैमा स्किल सेट गर्न मद्दत पुग्छ । यस्तो प्रतियोगिता अझै हुनुपर्छ जसले गर्दा खेलाडीको क्षमताबारे थप जानकारी प्राप्त हुन्छ’ सोमपालले थपे ।

सोमपालले आर्मीको हालको टिम राम्रो रहेको र भविष्य पनि राम्रो देखेको बताए । ‘हामी प्रतियोगिताकै उत्कृष्ट टिममध्ये एक हौं । उपाधि नजिते पनि फाइनल भने पुगिरहेका छौं । आगामी दिनमा अझै  । राम्रो खेल्दै जानुपर्छ, खेलाडी राम्रा छन्, टिमको भविष्य राम्रो छ’ उनले भने ।

यस्तै आर्मीका ब्याटर भीम सार्कीले पनि ब्याटिङमा चुकेको बताए । ‘अझै धेरै रन बन्नुपर्ने थियो, फिनिसिङ हुन सकेन । अझै रन थप्न सकेको भए विपक्षीलाई प्रेसर हुने थियो’ भीमले भने ।

तस्वीर : क्यान

जय ट्रफी क्रिकेट त्रिभुवन आर्मी क्लब सोमपाल कामी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय