+

कोशीमाथि कर्णालीको रोमाञ्चक जित, दिनेशले लिए पाँच विकेट

२०८२ चैत  ११ गते १७:०२ २०८२ चैत ११ गते १७:०२
कोशीमाथि कर्णालीको रोमाञ्चक जित, दिनेशले लिए पाँच विकेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई १६ रनले पराजित गरेको छ।
  • जनकपुरमा बुधबार भएको खेलमा कर्णालीले दिएको १५१ रनको लक्ष्य पछ्याएको कोशी ४४.४ ओभरमा १३५ रनमा अलआउट भयो।
  • कोशीको लगातार दोस्रो हार हो भने कर्णालीले पहिलो जित हासिल गरेको छ।

११ चैत, काठमाडौं । दिनेश अधिकारीले पाँच विकेट लिँदै किफायती बलिङ गरेपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

बुधबार जनकपुरमा भएको खेलमा कर्णालीले कोशीलाई १६ रनले पराजित गरेको हो । कर्णालीले दिएको १५१ रनको लक्ष्य पछ्याएको कोशी ४४.४ ओभरमा १३५ रनमा अलआउट भयो ।

दिपेश कँडेलले सर्वाधिक २६ रन बनाए भने शिवांश बजगाईंले २३ रन बनाए । सुमन श्रेष्ठले २० तथा साकिब हक र अंकित सुवेदीले समान १७ रन बनाए ।

दिनेशले ८.४ ओभरमा २७ रन मात्र दिएर ५ विकेट लिए । दिवान पुन र प्रकाश जैसीले २-२ तथा दिपेन्द्र रावतले १ विकेट लिए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ३९.१ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । बिपिन शाहीले सर्वाधिक ६३ रन बनाए । बिपिन रावलले ३२ रन बनाए । सुनिल धमलाले १९ अनि कप्तान दिवान पुनले १० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

कोशीका प्रेम कामतले १० ओभरमा ३१ रन दिएर ४ विकेट लिए । ज्ञानेन्द्र श्रेष्ठले ३ तथा कप्तान सुजन थपलियाले २ अनि बिपिन महतोले १ विकेट लिए ।

प्रतियोगितामा तेस्रो खेल खेलिरहेको कोशीको यो लगातार दोस्रो हार हो । मधेशसँगको पहिलो खेल रद्द भएपछि दोस्रो खेलमा कोशी लुम्बिनीसँग पराजित भएको थियो ।

पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको कर्णालीले भने प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय