News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र प्रभावकारिताका लागि उपसभापति विश्वप्रकाश शर्मालाई संयोजन जिम्मेवारी दिने निर्णय गरेको छ।
- केन्द्रीय कार्यसमितिले शर्मालाई प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टी प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकाको समीक्षा र समन्वयका लागि जिम्मेवारी दिएको छ।
- शर्माको संयोजकत्वमा प्रदेश सभापतिको सहभागितामा अध्ययन, परामर्श र प्रस्तावका लागि अलग समिति निर्माण गरिने छ।
११ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
‘यो बैठक प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकाको समीक्षा, समन्वय र थप प्रभावकारिताका लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई प्रदान गर्ने निर्णय गर्दछ,’ महामन्त्री प्रदीप पौडेलले बैठकमा सुनाएको निर्णय उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए ।
ती नेताका अनुसार प्रदेश सरकारमा निरन्तर रहने वा नरहने अथवा विगतका आलोपालोका सहमति कार्यान्वयनका विषयमा दृष्टिकोण निर्माणका लागि प्रदेश सभापतिको सहभागितामा आवश्यक अध्ययन, परामर्श र प्रस्ताव गर्न शर्माकै संयोजकत्वमा एक अलग समिति निर्माण गरिने छ ।
प्रतिक्रिया 4