+
+
Shares

बागलुङको चिया उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा भएको टि–टेस्टिङ प्रतियोगितामा बागलुङको गोल्डेन टि इस्टेट प्रा.ली ले प्रथम स्थान हासिल गरेको छ।
  • प्रतियोगितामा नेपालभरका ४५ चिया उद्योगका १२० नमूना परीक्षण गरिएको थियो र भारतका वरिष्ठ टि टेस्टरहरूले परीक्षण गरेका थिए।
  • राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा गोल्डेन टि इस्टेटले व्यवसायिक उत्पादन थालेको र उच्च उचाइमा चियाको गुणस्तर बढ्ने प्राविधिकले बताए।

१६ वैशाख, काठमाडौं । ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा भएको ‘टि–टेस्टिङ’ (चियाको स्वाद परीक्षण) प्रतियोगितामा बागलुङ जिल्लामा अवस्थित गोल्डेन टि इस्टेट प्रालि प्रथम भएको छ ।

ताराखोला गाउँपालिका–१ शिरूवारीमा अवस्थित गोल्डेन टि इस्टेटका २ वटा चियाले प्रथम स्थान हासिल गरेका हुन् ।

जम्मा चार क्याटागोरीमा भएको चियाको स्वाद परीक्षण प्रतियोगितामा गोल्डेन टि इस्टेटका ग्रिनिस अर्थोडक्स र गोल्डेन टि सर्वोत्कृष्ट ठहरिए ।

प्रतियोगितामा सहभागी नेपालभरका ४५ चिया उद्योगका १२० नमूना परीक्षण गरिएको थियो । भारतका वरिष्ठ ‘टि टेस्टर’ कौषिक भट्टाचार्य र डेविड जोनसनका साथै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका वरिष्ठ चिया प्राविधिक नविन कोइरालले चिया परीक्षण गरेका थिए ।

स्वादबाट गरिने चिया परीक्षणमा सुख्खा चियाको रूप, बासना, तातोपानी डुबाइसकेपछिको रूप र बासना तथा स्वादका आधारमा जाँचिएको थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको ३० औँ राष्ट्रिय  चिया दिवसको मुल समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेको अध्यक्षतामा सम्मन्न कार्यक्रममा चिया क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, चिया उद्योगी, चिया किसान र चिया पारखीहरूको सहभागिता थियो ।

वि. सं. २०७२ सालमा स्थापित गोल्डेन टि इस्टेट प्रा. ली ले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा यसै चिया सिजनबाट व्यवसायिक उत्पादन थालेको हो ।

विविध समस्याहरूको बाबजुद बोर्डको सहयोगमा चिया प्रशोधन शुरू गर्दा चियाको गुणस्तर अब्बल सावित हुँदा थप हौसला बढेको गोल्डेन टि इस्टेट प्रालीका अध्यक्ष सरोज दाहालले बताए ।्

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्राविधिक नगेन्द्र सुवेदीले पहाडी क्षेत्रमा चिनियाँ जातको चिया खेति गरिने जसबाट अर्थोडक्स, ग्रिन टि लगायतका चिया प्रशोधन गर्न सकिने बताए । उनका अनुसार उचाइ बढ्दै जाँदा चियाको उत्पादन घट्दै गए पनि गुणस्तर भने बढ्दै जान्छ ।

नेपालमा २२०० मिटर भन्दा माथि विरलै चिया बगानहरू रहेको बताउँदै उनले उच्च उचाइको चिया उच्च गुणस्तरको हुने बताए ।

गण्डकी प्रदेशमा बागलुङसँगै कास्की र लमजुङमा पनि व्यवसायिक चिया खेति भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?