+
+
Shares

इजरायली सेनाद्वारा सिरियाको दमास्कसमा हवाई आक्रमण, ३ सैनिकको मृत्यु

दक्षिणी सिरियाबाट सेना हटाएर डूज समुदायमाथिको दमन रोक्नुपर्ने भन्दै इजरायलले चेतावनी दिएको थियो । चेतावनीको केही घण्टा नबित्दै इजरायली सेनाले सिरियाली राजधानीलाई निशाना बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते २०:४१

३२ असार, काठमाडौं । इजरायलले सिरियाको राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय नजिक हवाई आक्रमण गरेको छ ।

आक्रमणमा परी तीन सिरियाली सैन्य कमान्डरको मृत्यु भएको बीबीसीले जनाएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस् (एसओएचआर) का अनुसार रक्षा मन्त्रालयका अधिकारीहरु भेला भएको कार्यक्रमलाई लक्षित गरी इजरायल सेनाले हवाई आक्रमण गरेका हो ।

आक्रमणस्थल सिरियाको रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयबाट समेत नजिक रहेको अलजजिराले उल्लेख गरेको छ । तर, बीबीसीले भने इजरायली सेनाले स्वेइदा शहर नजिकैका वालघा र अल–मजिमार गाउँहरुको नजिक ग्रामिण क्षेत्रमा भएको बताएको छ ।

दक्षिणी सिरियामा जारी डूज समुदाय र सरकारी सुरक्षाफौजबीच जारी युद्ध रोक्न दबाब दिँदै आएको इजरायलले हवाई आक्रमण गरेको हो ।

दक्षिणी सिरियाबाट सेना हटाएर डूज समुदायमाथिको दमन रोक्नुपर्ने भन्दै इजरायलले चेतावनी दिएको थियो । चेतावनीको केही घण्टा नबित्दै इजरायली सेनाले सिरियाली राजधानीलाई निशाना बनाएको छ ।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले चेतावनीको समय सकिएको भन्दै अझ भयानक आक्रमण गर्ने बताएका छन् ।

इजरायलले दक्षिण–पश्चिम सिरियाका डूज समुदायको रक्षा गर्ने बताउँदै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भनेका छन्, ‘हामी डूज भाइहरुलाई बचाउन र सिरियाली शासनका गिरोहलाई समाप्त पार्न काम गरिरहेका छौं ।’

साथै उनले इजरायलीहरुलाई सीमा पार गरेर सिरियाली क्षेत्रमा नजान अपिल गरेका छन् । सिरियाली सरकारले आक्रमणको निन्दा गर्दै आपराधिक र अवैध व्यवहार भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?