+
+
WC Series
जनकपुर बोल्ट्स 2025
37/4 (5.6)
VS
८४ बलमा ११९ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ

जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

रासस रासस
२०८२ मंसिर ११ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको पाटन नगरपालिका–८ मा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन।
  • जनशक्ति र उपकरण अभावका कारण ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको स्वास्थ्य शाखा प्रमुख महराले बताए।
  • स्थानीय र सङ्घीय सरकारको संयुक्त लगानीमा ६० लाख रुपैयाँमा भवन निर्माण भए पनि एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था हुन बाँकी छ।

११ मंसिर, बैतडी। बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् ।

जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो ।

‘भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन’, महराले भने, ‘प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेका छौँ।’

स्थानीय तहको १० लाख र सङ्घीय सरकारको ५० लाख रुपैयाँ गरी जम्मा ६० लाख रुपैयाँ संयुक्त लगानीमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको हो । २०७९ सालमा भवन निर्माण भएको थियो।

‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ ओटा ‘बेडसिट’ ट्रमा सेन्टरमा छन्।

एक वर्षअघि खानेपानी र विद्युत् जडान भइसकेको छ । एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नसके सञ्चालनमा ल्याउन सकिने स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?