+
+
Shares

ट्रमा सेन्टरमा ज्यान गुमाएका ६ जनाको सनाखत (नामावली)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २१:४३

२३ भदौ, काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ट्रमा सेन्टरमा ज्यान गुमाएका ६ जनाको परिचय खुलेको छ ।

प्रदर्शनका क्रममा काठमाडौं उपत्यकामा १७ र इटहरीमा २ जना गरी १९ जनाको ज्यान गएको थियो ।

तीमध्ये ट्रमा सेन्टरमा ८ जनाले ज्यान गुमाएका थिए । दुई जनाको भने अझै सनाखत हुन सकेको छैन ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार, ट्रमा सेन्टरमा ज्यान गुमाउनेहरूमा बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, ठेगाना नखुलेका १९ वर्षीय श्रीराम चौलागाईं, कीर्तिपुरका ४२ वर्षीय बुद्धि बहादुर तामाङ, ठेगाना नखुलेका अन्दाजी २८–२९ वर्षीय गौरव जोशी, ठेगाना नखुलेका २४–२५ वर्षीय सौरभ कटुवालको सो अस्पतालमा मृत्यु भएको हो ।

उता, काठमाडौं मेडिकल कलेजमा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेलको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?