+
+
Shares

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि पदबाट राजीनामा दिएका छन्।

३ पुस, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि उनले ट्रमा सेन्टर प्रमुखबाट राजीनामा दिएका हुन् ।

बिहीबार स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई राजीनामा पत्र बुझाएको डा. रिजालले बताए । ‘पेशागत मर्यादा र निष्पक्षता कायम गर्नका लागि मेडिकल सुपरिटेन्डेन्टको पदबाट राजीनामा दिएको हुँ’ डा. रिजालले अनलाइनखबरसँग भने ।

संघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने भएकाले राजीनामा दिएको उनको भनाइ छ । अघिल्लो वर्ष मंसिरमा सेन्टरको जिम्मेवारी समालेपछि डा. रिजालले आपतकालीन सेवाको सुदृढीकरण, बेड थप, दुरदराजबाट आएका बिरामीलाई सेवा प्रवाहमा प्रभावकारी बनाउने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?