+
+
Shares

जेनजी प्रदर्शन : ट्रमाका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ८:१२

२४ भदौं, काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।

अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

अस्पतालले मंगलबार ओपीडी र नियमित शल्यक्रिया बन्द गरेर प्रर्दशनमा घाइते भएको उपचार गर्ने तयारी गरेको छ । ‘हिजोको प्रर्दशनमा घाइते भएका बिरामी र आकस्मिक केशका मात्रै शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ’, डा. रिजालले अनलाइनखबरसँग भने, ‘अस्पतालको सबै स्वास्थ्यकर्मीलाई काममा खटिनु भएको छ ।’

सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो । ‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो’, डा. रिजालले भने, ‘ हामीकहाँ जटिल खालका बिरामी हुनुहुन्छ । चोटपटक लागेका, गोली लागेका बिरामीको शल्यक्रिया दिँउसोभर चल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?