+
+
Shares

गलत पासवर्ड हानेर आइफोन लक भएमा के गर्ने ?

एजेन्सी एजेन्सी
२०८२ मंसिर ९ गते १३:२२

कहिलेकाहीँ फोन अनलक गर्न खोज्दा गल्तीले गलत पासकोड पटकपटक टाइप हुन्छ र आईफोन पूर्ण रूपमा लक हुन्छ ।

यस्तो अवस्थामा फेस आईडी/टच आईडीले पनि काम गर्दैन र स्क्रिनमा iPhone Unavailable वा Security Lockout जस्ता चेतावनीहरू देखिन थाल्छन्।

यस्तो अवस्थामा हामी आत्तिनु स्वभाविकै हो । तर डराउनु आवश्यक छैन । किनकि रिकभरी मोड र एप्पलको सुरक्षा प्रणालीको सहयोगमा त्यसरी लक भएको आइफोन पुनः खोल्न सकिन्छ।

रिकभरी मोड

एप्पलका अनुसार रिकभरी मोडले फोनलाई पुनः पहुँच दिन मद्दत गर्छ तर यसमा प्रवेश गरेपछि फोनको सबै डेटा मेटिन्छ ।

त्यसैले यसो गर्नुअघि आफ्नो फोनको iCloud, Mac/Windows वा Drive ब्याकअप अनिवार्य मानिन्छ । ब्याकअप नभएमा सम्पूर्ण फोटो, भिडियो, फाइल र म्यासेज गुम्ने खतरा हुन्छ। वास्तवमा आइफोन जस्ता सुरक्षा प्रोटोकल भएको डिभाइस प्रयोग गर्दा नियमित ब्याकअप अनिवार्य हुन्छ।

रिकभरी मोडमा कसरी जाने?

१) फोनलाई कम्प्युटरमा जडान गर्नुहोस्

युएसबी केबलबाट आफ्नो आइफोनलाई कम्प्युटरमा जोडेर अपरेटिङ सिस्टम अनुसार सही टुल खोल्नुहोस् । जसमा निम्नानुसार हुन सक्छन् –

  • Windows – Apple Devices App
  • macOS Catalina वा नयाँ – Finder
  • macOS Mojave वा पुरानो – iTunes

२) आफ्नो आइफोनको  मोडेल अनुसार बटन थिच्ने प्रक्रिया

iPhone 8, SE (2nd gen+) र नयाँ मोडेलहरू

  1. Volume Up थिचेर छोड्नुहोस्
  2. Volume Down थिचेर छोड्नुहोस्
  3. Side Button थिचेर राख्नुहोस् →Recovery Mode स्क्रिन देखिएपछि छोड्नुहोस
  4.  iPhone 7/7 Plus : Side/Top Button + Volume Down → दुवै एकैसाथ थिचेर राख्नुहोस
  5.  iPhone 6s, SE (1st gen) र पुरानो मोडेलमा : Home Button + Side/Top Button → एकैसाथ थिचेर राख्नुहोस्

iOS 17 प्रयोगकर्ताका लागि सजिलो उपाय

यदि लगातार गलत पासकोड हालेपछि ‘iPhone Unavailable’ देखियो भने iOS 17 प्रयोगकर्ताले यसो गर्नुहोस्-

  1. स्क्रीनमा Forgot Passcode? मा ट्याप गर्नुहोस्
  2. Start iPhone Reset रोज्नुहोस्
  3. आफ्नो Apple ID पासवर्ड राखी Sign Out गर्नुहोस्
  4. फोन Erase गर्नुहोस्
  5. पछि Backup मार्फत डाटा पुनः प्राप्त गर्नुहोस्

यो सुविधा एप्पलद्वारा सन् २०२२ देखि सुरु गरिएको हो।

कम्प्युटरबाट Update वा Restore गर्ने प्रक्रिया

जब Recovery Mode सुरु हुन्छ, कम्प्युटरमा दुई विकल्प देखिन्छ:

 Update

  • iOS पुनः इन्स्टल हुन्छ
  • डाटा मेटिँदैन
  • यदि १५ मिनेटभन्दा बढी समय लाग्यो वा असफल भयो भने Recovery Mode दोहोर्‍याउनुहोस्

Restore

  • फोन पूर्ण रूपमा Reset हुन्छ
  • सबै डाटा हट्छ
  • पछि सेटअप गरी ब्याकअपबाट Restore गर्न सकिन्छ

एप्पलका अनुसार Restore विकल्प सबैभन्दा अन्तिम उपाय मानिन्छ।

पासकोड किन अत्यन्त महत्वपूर्ण छ?

एप्पलको सुरक्षा प्रणाली स्मार्टफोनमा सबैभन्दा उच्च स्तरको मानिन्छ। यसको Secure Enclave र Encryption सिस्टमले पासकोड नभई फोन अनलक हुन दिँदैन । साथै १०  पटक गलत पासकोड हालेमा लक हुने समय क्रमशः बढाउँछ भने Erase Data after 10 failed attempts जस्ता सुरक्षा विकल्प दिएको हुन्छ।

 सुरक्षित पासकोडको राख्न के गर्ने ?

  • आफूले सम्झिन सकिने तर अरूले नबुझ्ने कोड राख्नुहोस्
  • पासकोड सुरक्षित ठाउँमा नोट राख्नुहोस्
  • नियमित रूपमा डाटा ब्याकअप गर्नुहोस्
  • Face ID/Touch ID प्रयोग गरेर पासकोड टाइप गर्नुपर्ने काम घटाउनुहोस्

साइबर सुरक्षा विशेषज्ञहरूका अनुसार आइफोनको पासकोड केवल फोनको सुरक्षा मात्र होइन प्रयोगकर्ताको सम्पूर्ण डिजिटल जीवनको सुरक्षा हो। त्यसैले यसको प्रयोग र सुरक्षामा सावधानी अपनाउनु पर्दछ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?