+
+
Shares

आइओएस २६ मा नयाँ फिचर, नग्नता देखिए भिडिओ कल स्वत: बन्द हुने

यदि कुनै प्रयोगकर्ताले फेसटाइममा कल गर्दा नग्नता प्रदर्शन गरेमा भिडिओ तथा अडिओ आफैं रोकिनेछ र स्क्रिनमा एउटा चेतावनी सन्देश देखिनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले आइओएस २६ मा फेसटाइममा नग्नता पहिचान गर्ने नयाँ फिचर थप्ने तयारी गरिरहेको छ।
  • यो फिचरले नग्नता-अश्लिलता देखिए वा सुनिए भिडिओ र अडिओ रोक्ने र चेतावनी देखाउनेछ।
  • एप्पलले सुरक्षा र प्राइभेसीलाई ध्यानमा राख्दै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउने सम्भावना छ।

एप्पलले आफ्नो आइफोन अपरेटिङ सिस्टम आइओएसको नयाँ संस्करण ल्याउने तयारी गरिरहँदा प्रयोगकर्ताहरुले यसका सम्भावित नयाँ तथा अत्याधुनिक फिचरहरुको ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।

आम ग्राहकहरुको आवश्यकता रुचीलाई ध्यानमा राख्दै एप्पलले आसन्न आइओएस २६ मा कैयाैं महत्वपूर्ण परिवर्तन गर्न लागेको छ ।

एक नयाँ रिपोर्ट अनुसार आइओएसको फेसटाइममा एउटा यस्तो गज्जबको फिचर थपिँदैछ जो प्रयोगकर्ताको प्राइभेसीका लागि निकै विशेष हुनेछ ।

आइओएसको बेटा भर्सनमा उपलब्ध भैसकेको यो फिचर मार्फत् फेसटाइममा हुने भिडिओ कलका बेला नग्नताको पहिचान गरी त्यसमा बन्देज लाग्नेछ ।

यदि कुनै प्रयोगकर्ताले फेसटाइममा कल गर्दा नग्नता प्रदर्शन गरेमा भिडिओ तथा अडिओ आफैं रोकिनेछ र स्क्रिनमा एउटा चेतावनी सन्देश देखिनेछ ।

जसमा अडिओ तथा भिडिओ रोकिनेछ र यस्तो चेतावनी सन्देश देखिनेछ – तपाइँले केही संवेदनशील चिज देखाइरहनु भएको छ, यदि तपाइँलाई असहज महसुस भएको छ भने कल समाप्त गर्न सक्नुहुन्छ ।

त्यसपछि प्रयोगकर्तालाई कल पुन: सुरु गर्न वा त्यसलाई समाप्त गर्नका लागि दुईवटा विकल्प दिइनेछ ।

प्राइभेसी र प्रयोगकर्ताको सुरक्षामा एप्पलको जोड

यो नयाँ फिचर एप्पलको सञ्चार सुरक्षा कायम गर्ने कदमको हिस्सा हो जसलाई आइओएस २६ मा झनै मजबुत बनाइएको छ । सुरुमा यो फिचर केवल बच्चा तथा पारिवारिक शेयरिंग अकाउन्टहरुका लागि मात्र हुने अनुमान गरिएको भएपनि बेटा संस्करणमा यो सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको छ ।

यद्यपि, आइओएस २६ को अन्तिम संस्करण जारी हुँदा त्यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने नहुने प्रष्ट छैन । यो फिचर एआई आधारित पहिचान प्रणालीमा निर्भर हुनेछ।

यसअघि वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२५ का बेला एप्पलले आइओएस २६ मा परिवार तथा बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकता दिने घोषणा गरेको थियो ।

त्यसक्रममा एप्पलले फोटोज एपको शेयरेड एल्बममा पनि यस्तै एक फिचरको घोषणा गरेको थियो, जहाँ यदि कुनै अश्लील तस्वीर छ भने त्यो स्वत: ब्लर हुन्छ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?