+
+
WC Series
जनकपुर बोल्ट्स 2025
65/6 (10.6)
VS
५४ बलमा ९१ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

‘प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा पर्नुभयो’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयबाट निकालिएका तीन कर्मचारीले प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा परेको आरोप लगाएका छन्।
  • ती कर्मचारीले सचिव आदर्शकुमार श्रेष्ठद्वारा नातावाद र व्यक्तिगत हितका आधारमा नियुक्ति भएको भन्दै विरोध गरेपछि बर्खास्त गरिएको बताएका छन्।
  • उनीहरूले प्रधानमन्त्रीलाई स्वार्थ समूहको प्रभावबाट मुक्त हुन आग्रह गर्दै सचिव श्रेष्ठलाई हटाउन वा राजीनामा गराउनुपर्ने माग गरेका छन्।

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयबाट निकालिएका तीन जना कर्मचारीले प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा परेको आरोप लगाएका छन् ।

प्रदिप ज्ञवाली, अरुण कटुवाल र आकृति घिमिरेले आफूहरूलाई अचानक बर्खास्त गरिनु स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा गरिएको प्रत्यक्ष प्रभावको परिणाम बताउँदै उनीहरूले प्रधानमन्त्रीलाई तत्काल ‘स्वार्थ समूहको प्रभावबाट मुक्त हुन’ आग्रह गरेका छन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै सचिवालयमा नातावाद र व्यक्तिगत हितका आधारमा गरिएको नियुक्तिको विरोध गरेपछि लक्ष्य बनाएर हटाइएको उल्लेख गरेका छन् ।

स्वकीय सचिव श्रेष्ठले आफ्नै श्रीमती तथा अन्य आफन्तलाई सचिवालयमा नियुक्ति गराएको विषय बाहिरिएपछि, सत्य उजागर गर्न खोजेकै कारण आफूहरू बर्खास्त गरिनुपर्ने परिस्थितिमा पारिएको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्रीले सचिवालयमा देखिएको नातावाद, अवैध प्रभाव र गलत परामर्शलाई चुनौती दिनुको साटो एक व्यक्तिको नियन्त्रणमा बसेर निर्णय लिन थालेको संकेत देखिएको उनीहरूको भनाइ छ ।

उनीहरूले प्रधानमन्त्रीलाई चेतावनी दिँदै देश संकटमा रहेको बेला गलत प्रभावमा परेर निर्णय लिनु आन्दोलनले दिएको म्यान्डेटविपरीत भएको बताएका छन् । स्वार्थ समूहको घेराबन्दी तोडेर मात्र लोकतान्त्रिक निकास सम्भव हुने उनीहरूको धारणा छ ।

उनीहरूले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई हटाउन वा राजीनामा गराउनुपर्ने माग दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?