News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार केरा र अनारको मूल्य बढेको तथ्यांक सार्वजनिक गरेको छ।
- अनारको मूल्य प्रतिकिलो औसत ७२ रुपैयाँले बढेर ४ सय २ रुपैयाँ पुगेको छ।
- केराको मूल्य प्रतिदर्जन १५ रुपैयाँले बढेर १ सय ४५ रुपैयाँ कायम भएको छ।
२१ कात्तिक, काठमाडौं । स्थानीय बजारमा केरा र अनारको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार यी दुई फलफूलको मूल्य बढेको देखाएको हो ।
आज शुक्रबार अनारको मूल्य प्रतिकिलो थोकमा औसत ७२ रुपैयाँ बढेको छ । आज अनार किलोको ४ सय २ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भने अनार प्रतिकिलो ३ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज केराको मूल्य पनि प्रतिदर्जन १५ रुपैयाँले बढेको छ । हिजो बिहीबार केरा प्रतिदर्जन १ सय ३० रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्रतिदर्जन १ सय ४५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4