+
+
Shares

स्याउ र अनारको मूल्य घट्दा एभोकाडोको बढ्यो, किलोको कति ?

मंगलबार प्रतिकिलो ३ सय ३४ रुपैयाँमा किनबेच भएको अनार आज ३ सय २३ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १३:३१

२२ असोज, काठमाडौं । स्थानीय बजारमा स्याउ र अनारको मूल्य घट्दा एभोकाडोको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूचीले यी फलफूलको मूल्यमा घटबढ देखाएको हो ।

आज बुधबार कालीमाटी बजारमा फुजी स्याउको मूल्य घटेको छ । हिजो मंगलबार प्रतिकिलो २ सय ८८ रुपैयाँमा किनबेच भएको फुजी स्याउको मूल्य आज ८ रुपैयाँ घटेर २ सय ८० रुपैयाँ कायम भएको छ ।

आज अनारको मूल्य प्रतिकिलो ११ रुपैयाँ घटेको छ । मंगलबार प्रतिकिलो ३ सय ३४ रुपैयाँमा किनबेच भएको अनार आज ३ सय २३ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाएको छ ।

यस्तै आज बुधबार एभोकाडोको मूल्यमा भने बढोत्तरी भएको छ । हिजो मंगलबार प्रतिकिलो २ सय ७५ रुपैयाँमा किनबेच भएको एभोकाडो आज प्रतिकिलो ३५ रुपैयाँले बढेर ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?