+
+
Shares

स्याउको भाउ बढ्यो, किलोको कति ?

हिजो बिहीबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार फुजी स्याउको थोक मूल्य औसतमा प्रतिकिलो ३ सय २३ रुपैयाँ पुगेको छ।
  • फुजी स्याउको मूल्य बिहीबारको औसत ३ सय रुपैयाँबाट शुक्रबार २३ रुपैयाँले वृद्धि भएको छ।
  • झोले स्याउको मूल्य भने प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म कायम छ।

१८ पुस, काठमाडौं । स्थानीय बजारमा स्याउको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।

शुक्रबार फुजी स्याउको भाउ थोकमा प्रतिकिलो न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय २३ रुपैयाँ कायम छ ।

हिजो बिहीबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय २० तथा औसत ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

हिजो बिहीबारको तुलनामा शुक्रबार फुजी स्याउको औसत भाउ २३ रुपैयाँ बढेको छ ।

यस्तै झोले स्याउ भने प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?