News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कुरिलोको होलसेल भाउ प्रतिकिलो २ हजार रुपैयाँसम्म पुगेको जनाएको छ।
- बिहीबार कुरिलोको न्यूनतम भाउ प्रतिकिलो १ हजार ७ सयदेखि अधिकतम २ हजार रुपैयाँ र औसत १ हजार ८ सय ५० रुपैयाँ रहेको छ।
- व्यवसायीहरूले बेमौसमी तरकारी भएकाले कुरिलोको भाउ बढेको बताएका छन्।
१७ पुस, काठमाडौं । स्थानीय बजारमा कुरिलोको भाउ होलसेल (थोक) मै किलोको २ हजार रुपैयाँसम्म पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूचीले कुरिलोको होलसेल भाउ बढेको देखाएको हो ।
हिजो बुधबारको तुलनामा आज बिहीबार कुरिलो प्रतिकिलो थोकमा औसत २ सय रुपैयाँ बढेको छ ।
हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजारदेखि अधिकतम १ हजार १ सय र औसत १ हजार ६ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
आज बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजार ७ सयदेखि अधिकतम २ हजार र औसत १ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
पुस पहिलो साता भने कुरिलो न्यूनतम १ हजार ५ सयदेखि अधिकतम १ हजार ८ सय र औसत १ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
कुरिलोको सिजन विशेषगरी वैशाख, जेठ र असारमा प्रतिकिलो ३ देखि ४ सय रुपैयाँमा किन्न पाइन्छ । अहिले बेमौसमी तरकारी भएकाले कुरिलोको भाउ बढेको व्यवसायी बताउँछन् ।
प्रतिक्रिया 4