+
+
Shares

विश्वका विभिन्न सहरमा अंग्रेजी नयाँ वर्षलाई स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते २२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वका विभिन्न सहरहरूमा नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ र सबैभन्दा पहिले किरिबातीको किरितिमाती टापुमा नयाँ वर्ष सुरु भयो।
  • न्युजिल्यान्डको अकल्यान्ड र अष्ट्रेलियाको सिड्नीमा आतसबाजी गर्दै नयाँ वर्ष मनाइएको छ।
  • सिड्नीमा बोन्डी बिच आक्रमणमा मृत्यु भएका १५ जनाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

१६ पुस, काठमाडौं । विश्वका विभिन्न सहरहरूमा नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ। सबैभन्दा पहिले प्रशान्त महासागरमा रहेको किरिबाती देशको किरितिमाती टापुमा नयाँ वर्ष सुरु भयो।

त्यहाँ पुगेका एक पर्यटकले कुनै मानिसको चहलपहल नभएको समुद्र किनारमा, अन्धकारका बीच नयाँ वर्ष मनाएको बताए।

त्यसपछि न्युजिल्यान्डले अकल्यान्डमा आतसबाजी गर्दै नयाँ वर्षको स्वागत गर्‍यो। अष्ट्रेलियाको सिड्नीमा पनि ओपेरा हाउस र हार्बर ब्रिज वरिपरि भव्य आतसबाजी गरियो।

तर सिड्नीको उत्सव केही शोकपूर्ण पनि रह्यो। डिसेम्बर १४ मा बोन्डी बिचमा भएको आक्रमणमा १५ जनाको ज्यान गएको सम्झनामा राति ११ बजे एक मिनेट मौन धारण गरिएको थियो। हार्बर ब्रिजमा यहूदी समुदायको प्रतीक मेनोराहको झल्को पनि देखाइयो।

विश्वका अन्य भागहरूमा पनि मानिसहरूले आफ्ना परम्पराअनुसार नयाँ वर्ष मनाएका छन् । केही देशहरूमा भने समय पछाडि रहेका कारण नयाँ वर्ष सुरु हुन बाँकी नै रहेको छ ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?