+
+
Shares

गुल्मीमा बसको ठक्करबाट २ जनाको मृत्यु

अनिल खत्री अनिल खत्री
२०८२ पुष १८ गते १२:१०
Listen News
0:00
0:30
🔊

१८ पुस, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

लु ९ प ८१५० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिएको थियो । सो बसमा सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थी सवार थिए । विद्यार्थीहरु पिकनिक जाँदै थिए ।

बसले ठक्करबाट गम्भीर घाइते भएकाहरुलाई उद्धार गरी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार मनकला अर्यालका नाति करिब ५/६ वर्षीय अनुभव गिरी सामान्य घाइते भएका छन् । यस्तै, बसमा सवार मालिका–६ राम्चे निवासी ४१ वर्षीया शिक्षिका लिलावती अर्याल पनि सामान्य घाइते भएकी छन् । दुवै घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि बस चालक धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?