२४ पुस, काठमाडौं । स्थानीय बजारमा हरियो खुर्सानीको भाउ उकालो लागेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले हरियो खुर्सानीको भाउ बढेको देखाएको हो ।
एक महिना अवधिमा हरियो खुर्सानीको भाउ २५ देखि १ सय २ प्रतिशतसम्म बढेको छ । बजारमा हरियो खुर्सानी, हरियो खुर्सानी (बुलेट), हरियो खुर्सानी (माछे), हरियो खुर्सानी (अकबरे) लगायत किन्न पाइन्छ ।
एक महिना अवधिमा सबैभन्दा धेरै अकबरे खुर्सानीको भाउ बढेको छ । २४ मंसिरमा प्रतिकिलो थोकमा औसत १ सय ९० रुपैयाँमा किनबेच भएको अकबरे खुर्सानी २४ पुसमा ३ सय ८५ रुपैयाँ पुगेको छ । यस अवधिमा यो खुर्सानीको भाउ १ सय २ प्रतिशत बढेको तथ्यांकले देखाउँछ ।
यस्तै हरियो खुर्सानीको मूल्य पनि प्रतिकिलो औसतमा प्रतिकिलो ४० प्रतिशत बढेको छ । एक महिनाअघि किलोको ६७ रुपैयाँमा किनबेच भएको उक्त खुर्सानी २८ रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ ।
यस्तै हरियो खुर्सानी बुलेटको भाउ पनि प्रतिकिलो २२ रुपैयाँ बढेको छ । एक महिना अवधिमा उक्त खुर्सानीको भाउ २५ प्रतिशत बढेर १ सय १२ रुपैयाँ कायम छ ।
प्रतिक्रिया 4