+
+
Shares

नदीशको नयाँ किताबलाई लेखकहरूले भने : एक्काइसौं शताब्दीका अस्तित्ववादी कविता

कवि नदीशको कविता सङ्ग्रह हिउँद लोकार्पण भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवि नदीशको कविता सङ्ग्रह 'हिउँद' राजधानीको शिल्पी थिएटरमा लोकार्पण भएको छ।
  • पवित्रा खड्का, डा. मुस्कान पोख्रेल, उमेश बलाल मगर र वसन्त बस्नेतले कविता वाचन गरेका थिए।
  • नदीशका कवितालाई रिदम कँडेलले संगीतमा प्रस्तुत गरेका थिए र पुस्तक बुकहिलले बजारमा ल्याएको छ।

२२ पुस, काठमाडौं । कवि नदीशको कविता सङ्ग्रह हिउँद लोकार्पण भएको छ । राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । नाट्यअभिनेत्री पवित्रा खड्का, कवि डा. मुस्कान पोख्रेल, पर्यावरण-अध्येता उमेश बलाल मगर र लेखक वसन्त बस्नेतका साथमा कवि नदीशका पिता गिरिप्रसाद भट्टराईले पुस्तक लोकार्पण गरेका हुन् ।

रिदम कँडेलको साङ्गीतिक पार्श्वध्वनिमा खर्बुजा, झरी पर्दा, कोकुन र रोकिन मन छ- नजाऊ भनिदिने कोही छैन शीर्षकका कविता पवित्रा खड्का, डा. मुस्कान पोख्रेल, उमेश बलाल मगर र वसन्त बस्नेतले वाचन गरे ।

त्यसैगरी कवि नदीशले नदीश यस्तो हुनु, अचेत सभ्यताको माझबाट, बिरामी र म फेरि आउँछु शीर्षकका कविता वाचन गरेका थिए । साथै, रिदम कँडेलले नदीशको एउटा कवितालाई गायनमा प्रस्तुत गरेका थिए ।

सङ्गीत र कविताको फ्युजनमा समारोह काव्यिक बनेको थियो । नदीशले लेखेका कविता यस वर्षकै महत्वपूर्ण उपहार भएको भन्दै लेखकहरुले एक्काइसौं शताब्दीको व्यस्तता, प्रविधिले ल्याइदिएको अवसर र संकटबीच च्यापिएका अस्तित्ववादी कविता भनी व्याख्या गरेका छन् ।

उनीहरुले पर्यावरणको गहिरो चेत बोकेका कविता पढिनुपर्ने दर्जाका रहेको पनि भनेका छन् । नदीशका पछिल्ला कविताहरूको सङ्ग्रह ‘हिउँद’लाई बुकहिलले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?