News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले महोत्तरी क्षेत्र नं ४ बाट एकल सिफारिस भएका सरोज कुमार यादवलाई टिकटबाट वञ्चित गरी निलम अधिकारीलाई टिकट दिएको छ।
- नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले पार्टीको निर्णय सबैले मान्नुपर्ने र विवाद नभएको बताए।
- नेकपा एमालेका एक नेताले सरोजले अन्तिम समयमा पार्टीलाई धोका दिएको आरोप लगाएका छन् र टिकट सुरक्षित भएको बताएका छन्।
६ माघ, काठमाडौं । नेकपा एमालेबाट महोत्तरी क्षेत्र नं ४ बाट एकल सिफारिस भएका सरोजकुमार यादव टिकटबाट वञ्चित भएका छन् । मधेश प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका सरोज टिकटका लागि एकल सिफारिस भएका थिए ।
तर अन्तिम समयमा पार्टीले निलम अधिकारीलाई टिकट दिएको नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले जानकारी दिए । ‘सरोज कुमार यादवलाई पार्टीले ब्याक गरेर निलम अधिकारीलाई अघि सारेको छ । पार्टीकाे निर्णय सबैले मान्नैपर्छ । यसमा विवाद छैन,’ अध्यक्ष यादवले भने ।
यता नेकपा एमालेकै एक नेताले भने सरोजले अन्तिम समयमा पार्टीलाई धोका दिएको आरोप लगाएका छन् । पार्टीबाट टिकट समेत पाइसकेका सरोजले जीत सुनिश्चित नदेखेपछि चुनाव लड्नबाट ब्याक भएको उनकाे आरोप छ । ‘सरोजजीकाे टिकट अगाडीदेखि नै सुरक्षित छ । उहाँको नाममा टिकट पनि आइसकेको छ । तर अन्तिमसमयमा पार्टीलाई उहाँले धोका दिनुभयो । पार्टीले ब्याक गरेको कुरा गलत छ,’ ती नेताले भने ।
सरोज हाल नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता हुन् । २०७९ सालको निर्वाचनमा सरोज महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रतिक्रिया 4