News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ बाट शिवशंकर यादवलाई उम्मेदवार बनाउने भएको छ।
- शिवशंकर यादवले २०७९ को निर्वाचनमा पाँचौं स्थान ल्याएका थिए र यसपटक आफ्नो राजनीतिक हैसियत बलियो हुने विश्वास व्यक्त गरेका छन्।
- सिरहा क्षेत्र नम्बर २ मा २०७९ मा जनता समाजवादी पार्टीका राजकिशोर यादव विजयी भएका थिए र उनी यसपटक क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीमा छन्।
५ माघ, सिरहा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिरहा क्षेत्र नम्बर २ बाट शिवशंकर (शिव) यादवलाई उम्मेदवार बनाउने भएको छ ।
‘जेन–जी’ आन्दोलनमा सक्रिय यादवलाई रास्वपाले टिकट दिएको हो । यसअघि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यादव उम्मेदवार थिए ।
लौरो चुनाव निह्न लिएर उम्मेदवार बनेका यादवले ६९९ मत प्राप्त गर्दै पाँचौं स्थान ल्याएका थिए ।
अघिल्लो निर्वाचनको अनुभव, निरन्तर सामाजिक सक्रियता तथा युवामाझ बढ्दो समर्थनका कारण यसपटक आफ्नो राजनीतिक हैसियत बलियो हुने यादवको विश्वास छ ।
सिरहा क्षेत्र नम्बर २ बाट २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादव विजयी भएका थिए । यसपटक उनी सिरहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4