+
+
Shares

तनहुँ क्षेत्र नं १ मा ९ दल तथा क्षेत्र नं २ मा ६ दलले उम्मेदवारी दिने

अशोक विश्वकर्मा अशोक विश्वकर्मा
२०८२ माघ ६ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा ९ राजनीतिक दलले मनोनयन दर्ता गर्ने भएका छन्।
  • तनहुँ क्षेत्र नं २ मा ६ राजनीतिक दलले मनोनयन दर्ता गर्नेछन् र काँग्रेसले उम्मेदवार टुङ्गो लगाएको छैन।
  • निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई निर्धारित समयभन्दा फरक समयमा पनि मनोनयन दर्ता गर्न आग्रह गरेको छ।

६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका तनहुँको एक नम्वर क्षेत्रमा ९ राजनीतिक दल र दुईमा ६ राजनीतिक दलले मनोनयन दर्ता गर्ने भएका छन् ।

निर्वाचन आयोगले आज मनोनयन दर्ताको लागि आह्वान गरेसँगै तनहुँको क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसले दिउँसो ४ बजे, नेकपा एमालेले २ः३० बजे, नेपाली कम्युनिष्ट पार्टीले १ः४५ बजे, राष्ट्रिय स्वतन्त्र पार्टी, ३ः१५ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ः३० बजे, नेकपा (माओवादी)ले ४ः३० बजे, नेपाल जनमुक्ति पार्टीले १ः१५ बजे, उज्यालो नेपाल पार्टीले १ बजे र मंगोल अर्गनाइजेसन पार्टीले १२ः३० बजे मनोनयन दर्ता गर्ने गरि समय निर्धारण गरिएका मुख्य निर्वाचन अधिककृतको कार्यालय दमौलीले जनाएको छ ।

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले सहित एमालेकी भगवती न्यौपाने, नेकपाका विद्यानाथ ढकाल लगायत उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसले भने उम्मेदवार कस्लाई बनाउने अहिलेसम्म निर्णय गरिसकेको छैन ।

यस्तै तनहुँ २ मा विहान ११ः ५० मा राष्ट्रिय प्रजातन्त्र पार्टीले, १ः३० बजे नेपाल कम्युनिष्ट पार्टी एमालेले, २ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले, ३ बजे नेपाली कम्युनिष्ट पार्टीले, ४ बजे नेपाली काँग्रेसले र ४ः३० बजे उज्यालो नेपाल पार्टीले आफ्नो उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने निर्वाचन अधिकृत भेषराज पौडेलले बताए ।

यो क्षेत्रमा एमालेका केदार सिग्देल, नेकपाका सोमबहादुर थापा एसवि, रास्वपाका श्रीराम न्यौपाने, उज्यालो नेपाल पार्टीका मनराज गुरुङ लगायतले उम्मेदवारी दिनेछन् । काँग्रेसको उम्मेदवार टुँगो लागिसकेको छैन ।

निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र रुपमा उम्मेद्वारी दिन चाहाने ब्यक्तिलाई यस अघि राजनिितक दलका लागि निर्धारण गरिएको समयसँग नजुध्ने समयमा उम्मेवारी दिने गरि उपस्थित हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?