News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ विगत एक सातामा ३ हजार १ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि आइतबार प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ।
२९ चैत, काठमाडौं । आइतबार सुनचाँदीको भाउ सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ३ हजार १ सय रुपैयाँ बढेको छ । गत आइतबार २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९७५ रुपैयाँमा कायम भएको छ । गत आइतबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4