+
+
Shares

तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले विगत एक सातामा सुनको भाउ १६ हजार ७ सय रुपैयाँ घटेको जनाएको छ।
  • चाँदीको भाउ पनि प्रतितोला १ सय रुपैयाँ घटेर ४ हजार ८२० रुपैयाँमा कारोबार भएको छ।

१२ चैत, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ १६ हजार ७ सय रुपैयाँ घटेको छ । गत बिहीबार ३ लाख २ हजा ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?