+
+
Shares

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते ११:२६

१५ पुस, काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?