+
+
Shares

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको नेमकिपाद्वारा भर्त्सना, मदुरो दम्पतीलाई तत्काल छाड्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते २३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मजदुर किसान पार्टीले अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेप भर्त्सना गरेको छ।
  • नेमकिपाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पत्तिको रिहाइ गर्न माग गरेको छ।
  • नेमकिपाले अमेरिकालाई संयुक्त राष्ट्रसंघको बडापत्रको कदर गर्न आह्वान गरेको छ।

२० पुस, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपको भर्त्सना गरेको छ ।

साथै नेमकिपाले शनिबार राति २ बजे आफ्नै देशबाट गिरफ्तार गरिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीको रिहाइ गर्न माग गरेको छ ।

पुस १८ र १९ गते बसेको नेमकिपाको केन्द्रीय परिषद् बैठकले भेनेजुएलामाथि आक्रमणको विरोध गरेको सचिव प्रेम सुवालले जानकारी दिए ।

भेनेजुएलाको तेल खानी कब्जा गर्न जननिर्वाचित राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्न अमेरिकी प्रशासन लागिपरेको नेमकिपाको आरोप छ ।

सोही कारण सन् २०११ देखि नै अमेरिकाले भेनेजुएलामाथि आर्थिक र व्यापारिक प्रतिबन्ध लगाउँदै आएको नेमकिपाको ठहर छ ।

भेनेजुएलामा भइरहेको सैन्य हस्तक्षेप तत्काल रोक्न सचेत गराउँदै नेमकिपाले अमेरिकालाई संयुत्त m राष्ट्रसंघको बडापत्रको कदर गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?