+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
22/2 (5.1)
Shares

एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे कुलमान र खगेन्द्रको पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति पछि हटेका छन्।
  • दुवै पार्टीले कानुनी समस्या र उम्मेदवार चयनमा विवाद हुनसक्ने कारणले चुनाव चिह्न आ-आफ्नोमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्।
  • समानुपातिकतर्फको उम्मेदवार विवाद हुनसक्ने सम्भावनाले पनि सहमति फिर्ता लिइएको उज्यालो नेपालका नेताले बताए।

१८ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट पछि हटेका छन् ।

हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति १० मंसिरमा बनेको थियो । उक्त निर्णयबाट दुई दल पछि हटेका हुन् ।

उज्यालो नेपालका एक नेताका अनुसार पछि कानुनी समस्या उत्पन्न हुनसक्ने कारणले चुनाव चिह्न आ-आफ्नोमा प्रतिस्पर्धा गर्ने निर्णय गरिएको बताए । ‘उम्मेदवारलाई चयन गर्दा दुई अध्यक्षले हस्ताक्षर गर्दा समस्या आउने देखियो ।

समानुपातिकतर्फको उम्मेदवारमा पनि विवाद हुनसक्ने अवस्था आउनसक्छ । हाम्रो नेपाल पार्टीसँग चुनाव चिह्न एउटैमा प्रतिस्पर्धा गर्ने निर्णय नगर्ने निर्णयमा पुगेका छौं,’ उज्यालो नेपालका नेताले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?