१७ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् ।
उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रुपमा बुझेको पनि बताए ।
‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठूलो झगडा भयो । ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ,’ घिसिङले भने, ‘त्यसबाट मलाई मन्त्रीको रुपमा स्थापित भयो । यो पनि मलाई अवसर नै भयो ।’
अब भने देशकै लिड (नेतृत्व) गर्नुपर्छ कि भन्ने आफूलाई लागेको जिकिर गरे ।
‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ,’ घिसिङले भनेको छ ।
प्रतिक्रिया 4