News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरबाट प्रहरीले १ सय ३१ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलम छन्।
- पक्राउ परेकामध्ये हबिबको साथबाट खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
२६ मंसिर, विराटनगर। विराटनगरबाट प्रहरीले १ सय ३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना पक्राउ गरेकाे छ ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले बिहीबार विराटनगर महानगरपालिका–४ नोबेल अस्पताल नजिकबाट सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
पक्राउ परेकाले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4