+
+
Shares

बक्स अफिस : ‘चमेलीको पोई’ चुर्लुम्मै डुब्दा कुन फिल्मले कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार डा. कपिल रिजाल निर्देशित ‘गौथली’ले आइतबारसम्म २६ करोड २ लाख ७० हजार ५ सय ९० रुपैयाँ कलेक्सन गरेको छ।
  • माओत्से गुरुङको ‘पेन्सन पट्टा’ले ९ करोड ८८ लाख ९२ हजार १ सय ८८ रुपैयाँ कलेक्सन गर्दै दोस्रो स्थानमा छ।
  • निखिल उप्रेतीको ‘आचार्य’ले १ करोड ६२ लाख २७ हजार ९ सय ४६ रुपैयाँ कमाएको छ भने ‘चुंगुल’ १ लाख ३८ हजार ३ सय ८० रुपैयाँमा सीमित छ।

अहिले हलमा आधा दर्जनभन्दा बढी नेपाली फिल्मबीच भिडन्त छ । कुनै फिल्म महिनादिनअघि प्रदर्शनमा आएका थिए भने कुनै सातादिनअघि । यी फिल्ममध्ये कुन अग्रपङ्क्तिमा छ ? कुन फिल्मलाई दर्शकले रुचाएका छन् ?

यी प्रश्नको एकमुष्ट जवाफ बक्स अफिस रिपोर्टमा छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टले भन्छ, ‘गौंथली’ को दबदबा उस्तै छ । अर्थात्, नौवटा नेपाली फिल्मको सूचीमा ‘गौंथली’ ले बाजी मारेको छ । यो फिल्मले आइतबार बेलुकीसम्म २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ कलेक्सन गरेको छ ।

यो फिल्म तीन महिनाअघि अर्थात् साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो । डा. कपिल रिजाल निर्देशित फिल्मले ‘नपत्याउने खोलाले बगाउँछ’ भनेझैँ चुपचाप बक्स अफिस कब्जा गरिरहेको छ ।

‘गौंथली’ लाई पछ्याउँदै छ, ‘पेन्सन पट्टा’ ले । माओत्से गुरुङको यो फिल्मले ९ करोड ८८ लाख ९२ हजार १ ८८ रुपैयाँ कलेक्सन गरेको छ ।

यो दौडमा ‘बा : एक योद्धा’ तेस्रो स्थानमा छ । यसले ३ करोड ५ लाख २२ हजार ५ ०२ रुपैयाँ कलेक्सन गरेको छ ।

त्यसपछि पालो आउँछ ‘बेहुली’ को । यो फिल्मको कुल आम्दानी २ करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ छ ।

यस्तै, निखिल उप्रेतीको फिल्म ‘आचार्य’ ले १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ कमाएको छ । त्यसलाई पछ्याउँदै छ, ‘झिँगे दाउ–२’ ले । यो फिल्मले हालसम्म १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ कमाएको छ ।

यस्तै, ‘तिनीहरू अर्थात् एलिफेन्ट्स इन द फग’ ले १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ आर्जन गरेको छ ।

यो दौडमा ‘चमेलीको पोई’ र ‘चुंगुल’ सबैभन्दा पछाडि छन् ।

‘चमेलीको पोई’ को कुल कमाइ ५ लाख ५ हजार २१० रुपैयाँ छ भने ‘चुंगुल’ ले १ लाख ३८ हजार ३८० रुपैयाँ कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?