News Summary
Generated by OK AI. Editorially reviewed.- युरिक एसिड बढेका व्यक्तिले व्रत बस्नु अघि आफ्नो स्वास्थ्य अवस्था अनुसार निर्णय लिनुपर्ने र आवश्यक परे चिकित्सकसँग परामर्श गर्नुपर्ने लेखमा उल्लेख छ।
नवरात्रिमा धेरैले नौ दिनसम्म व्रत बस्छन् ।
कोही दिनभर भोकै बस्छन् त कोही फलफूल, दूध, दही र व्रतमा खाइने परिकार खाएर उपवास बस्छन् । तर, युरिक एसिड बढेका व्यक्तिलाई भने व्रत बस्दा आफ्नो स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने चिन्ता हुन सक्छ ।
युरिक एसिड बढेको छ भने व्रत बस्न मिल्छ ?
युरिक एसिड बढेको छ भन्दैमा सबैले व्रत बस्न छाड्नुपर्छ भन्ने छैन । तर, कसैलाई व्रत बस्दा समस्या नभए पनि कसैको युरिक एसिड बढेर स्वास्थ्य अवस्था बिग्रन सक्छ । त्यसैले, आफ्नो स्वास्थ्य अवस्थाअनुसार निर्णय लिनुपर्छ ।
त्यस्तैगरी, लामो समयसम्म भोकै हुँदा शरीरको मांसपेसी तथा कलेजोमा रहेको गलाईकोजेन् शक्ति उत्पादनको लागि टुक्रा हुन्छ । जसनुरुप रगतमा केटोन धेरै मात्रामा बन्छ र मिर्गौलाको शरीरको युरिक एसिड फाल्नु पर्नेमा केटोन फाल्न सुरु हुन्छ । फलस्वरूप युरिक एसिड पुनः रगतमा फर्किन्छ जसकारण यो युरिक एसिड धेरै हुन्छ ।
यतिमात्र नभई खाली पेट बस्ने बेला शरीरको तन्तुहरू बिग्रिन्छ जसले गर्दा प्युरिन रिलिज हुन्छ र यसलाई कलेजोमा युरिक एसिडमा परिणत हुन्छ र फलस्वरूप रगतमा यसको मात्रा बढ्न जान्छ । यस्तो अवस्थामा जोर्नी दुख्ने र गाउटको समस्या बल्झिने जोखिम पनि रहन्छ ।
विशेषगरी पहिले नै गाउटका कारण जोर्नी दुख्ने, रातो हुने वा सुन्निने समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्छ । त्यसैगरी, मिर्गौलाको समस्या भएका, युरिक एसिड निकै बढेका वा नियमित औषधि सेवन गरिरहेका व्यक्तिले पनि व्रत बस्नुअघि चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
व्रतमा के खाने, के पिउने ?
युरिक एसिड बढेका व्यक्तिले व्रत बस्दा खानपानमा विशेष ध्यान दिनुपर्छ । भोकै बस्नुलाई मात्र व्रत मान्नुको सट्टा शरीरलाई आवश्यक पोषण र पानीको मात्रा पूरा गर्ने गरी खानपान मिलाउनु राम्रो हुन्छ ।
पर्याप्त पानी पिउने
शरीरमा पानीको कमी हुँदा मिर्गौलाले पिसाबमार्फत युरिक एसिड बाहिर निकाल्ने प्रक्रिया प्रभावित हुन सक्छ । त्यसैले, व्रत बसेको समयमा पनि पर्याप्त पानी पिउनुपर्छ । तर, मिर्गौला वा मुटुको रोगका कारण चिकित्सकले पानीको मात्रा सीमित गर्न भनेका छन् भने सोही सल्लाह पालना गर्नुपर्छ ।
फलफूल र दूधजन्य परिकार खाने
व्रतमा स्याउ, नासपाती, अम्बा जस्ता फलफूल खान सकिन्छ । कम चिल्लो भएको दूध, दही पनि उपयुक्त विकल्प हुन सक्छन् । यद्यपि, फलफूलको रस वा चिनी धेरै भएका पेय पदार्थभन्दा सिंगै फल खानु राम्रो हुन्छ ।
साबुदाना र आलुको मात्रा मिलाउने
व्रतमा साबुदाना, आलु र पिठोबाट बनेका परिकार खाने चलन छ । यी खानेकुरा खाँदैमा युरिक एसिड बढ्छ भन्ने होइन । तर, धेरै तेल, घिउ र नुन हालेर बनाइएका परिकार बारम्बार खाँदा सन्तुलित आहारको कमी हुन सक्छ । त्यसैले, खानेकुराको मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्छ ।
चिया र कफीमा मात्र निर्भर नहुने
व्रतमा भोक मेटाउन चिया वा कफीले युरिक एसिडको स्पाइकलाई घटाउन सक्छ । धेरै मात्रामा पिउनाले पिसाब धेरै लाग्ने हुन्छ । जसले गर्दा रगतमा युरिक एसिको मात्रा बढ्न सक्छ । त्यसकारण धेरै मात्रामा लिएमा युरिक एसिड बढ्ने अनि अट्याक हुनुको साथै शरीरमा पौष्टिक अहारको कमी हुनसक्छ ।
धेरै गुलियो खानेकुरा नखाने
चिनी धेरै भएका कफी, चिनी, महजस्ता अत्यधिक गुलियो परिकारको सेवन कम गर्नुपर्छ । विशेषगरी फ्रुक्टोज धेरै भएका पेय पदार्थले युरिक एसिड बढाउन योगदान दिन सक्छन् ।
यी व्यक्तिले व्रत बस्नुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ
युरिक एसिड बढेका सबै व्यक्तिको स्वास्थ्य अवस्था एउटै हुँदैन । कसैको रगतमा युरिक एसिडको मात्रा मात्र बढेको हुन सक्छ भने कसैलाई गाउट वा मिर्गौलाको समस्या पनि हुन सक्छ ।
त्यसैले, व्रत बस्ने निर्णय गर्दा यी कुरामा ध्यान दिनुपर्छ ।
१. बारम्बार गाउटका कारण जोर्नी दुख्ने, सुन्निने वा रातो हुने समस्या भएका व्यक्ति ।
२. मिर्गौलाको रोग भएका वा मिर्गौलाको कार्यक्षमता कमजोर भएका व्यक्ति ।
३. युरिक एसिड नियन्त्रण गर्न नियमित औषधि सेवन गरिरहेका व्यक्ति ।
४. मधुमेह भएका व्यक्ति, जसमा लामो समय भोकै बस्दा रगतमा चिनीको मात्रा घट्न वा बढ्न सक्छ ।
५. चिकित्सकले खानपान वा पानीको मात्रा निश्चित गर्न सुझाएका व्यक्ति ।
व्रतका क्रममा अचानक जोर्नीमा तीव्र दुखाइ, रातोपन वा सुन्निने समस्या देखिएमा, पिसाब निकै कम आएमा, अत्यधिक कमजोरी वा चक्कर लागेमा त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन । आवश्यकताअनुसार चिकित्सकीय सहायता लिनुपर्छ ।
व्रत बस्दा के नगर्ने ?
–व्रत सकिएपछि एकैपटक धेरै खाना खाने, शरीरमा पानीको कमी हुन दिने र धेरै तेल वा घिउ भएका परिकार खाने बानीबाट बच्नुपर्छ ।
–लामो समय भोकै बसेर पछि धेरै खानेभन्दा स्वास्थ्य अवस्थाअनुसार थोरै–थोरै र सन्तुलित आहार लिनु उपयुक्त हुन्छ ।
–युरिक एसिड घटाउने औषधि खाइरहनुभएको छ भने व्रतका कारण आफैंले औषधि बन्द गर्नु हुँदैन ।
प्रतिक्रिया 4