+

फार्मेसी परिषद् सदस्य नियुक्ति प्रक्रिया : अन्तर्वार्तापछि किन थपियो नयाँ नाम ?

२०८३ असोज  १२ गते ११:४६ २०८३ असोज १२ गते ११:४६
फार्मेसी परिषद् सदस्य नियुक्ति प्रक्रिया : अन्तर्वार्तापछि किन थपियो नयाँ नाम ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परिषद्ले १७ गते अन्तिम नामावली प्रकाशन गरी १८ भदौमा अन्तर्वार्ता लिएको थियो।
  • तर २१ दिनपछि फेरि नयाँ सूचना निकालेको छ।

१२ असोज, काठमाडौं । नेपाल फार्मेसी परिषद् सदस्य नियुक्तिको प्रक्रियामा नेपाल फार्मेसी संघले आपत्ति जनाएको छ । सदस्य नियुक्तिका लागि अन्तर्वार्तासमेत भइसकेपछि फेरि भुलबस छुटेको भन्दै नयाँ उम्मेदवारको नाम थपेको विषयमा गम्भीर ध्यानाकर्षण भएको परिषद्ले जनाएको छ ।

परिषद्ले आइतबार विज्ञप्ति  जारी  गरी नियुक्ति प्रक्रियामा प्रश्न उठाएको हो ।

फार्मेसी परिषदमा ४  सदस्य नियुक्तिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत भदौ १ गते आवेदन माग गरेको थियो । प्राप्त आवेदन मध्येबाट भदौ १७ गते अन्तिम नामावली प्रकाशन गरिएको थियो । अन्तिम सूचीमा परेका उम्मेदवारहरूको भदौ १८ गते अन्तर्वार्ता लिइएको थियो । तर त्यो अन्तर्वार्ताको नतिजा सार्वजनिक गरिएन । बरू असोज ८ गते सूचना जारी गरी यसअघि सूचीमा नभएको दुई व्यक्तिलाई अन्तर्वार्ताका लागि बोलाइयो ।

फार्मेसी परिषद् सदस्यका लागि उम्मेदवार दिएकाहरूको अन्तिम नामावली भनी भदौ १७ गते स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सूचना । र भुलबस छुटेको भनी नयाँ उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउँदै असोज ८ गते निकालिएको सूचना ।

अन्य उम्मेदवारको अन्तर्वार्ता सकिएको २१ दिनपछि ‘भुलबस छुटेको’ भनी नयाँ उम्मेवारको नाम सार्वजनिक गर्नुको आधार स्पष्ट नभएको फार्मेसी संघका महासचिव सुवर्णराज पन्त बताउँछन् ।

थपिएका उम्देवारहरूको अन्तर्वार्ता आज द‍िउँसो १ बजेलाई तोकिएको छ ।

यसअघि सरकारले गत साउनमा फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको थियो । आलामले साउन २० गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

डा. कादिर यसअघि फार्मेस परिषद्को सदस्य थिए । प्रदीप पौडेल स्वास्थ्य मन्त्री रहेका बेला २०८२ जेठ ३० गते उनी परिषद् सदस्यमा नियुत्तः भएका थिए । फार्मेस परिषद् सदस्य हुनका लागि फार्मेसीसम्बन्धी कुनै संघ-संस्थामा आवद्ध भएको हुनुपर्ने प्रावधान छ । मुस्लिम फार्मासिस्ट एसोसिएसन अफ नेपालमा आवद्ध भएको आधारमा उनी परिषद् सदस्य नियुक्त भएका थिए । यो संस्था भने उनले नियुक्ति पाउनुभन्दा ८ दिनअघि २०८२ जेठ २२ गते मात्रै दर्ता भएको थियो ।

उनको त्यो नियुक्ति प्रक्रियाको बारेमा त्यतिबेलै प्रश्न उठेको फार्मेसी संघका महासचिव पन्त बताउँछन् । परिषद्को सदस्य नियुक्ति प्रक्रियाको प्रयोजनका लागि मात्र उक्त संस्था दर्ता भएको कि भन्ने आशंका त्यतिखेर गरिएको उनको भनाइ छ ।

उनै डा. कादिर आलमलाई अहिलेको सरकारले परिषद्को अध्यक्ष नियुक्त गरेको छ ।

अहिले भुलबस छुटेको भनी परिषद्को सदस्य नियुक्तिका लागि सूचीमा थपिएका उम्मेदवार डा. कादिर आवद्ध मुस्लिम फार्मासिस्ट एसोसिएसनकै व्यक्ति रहेको पन्तले जानकारी दिए । यसले नियुक्ति प्रक्रियाको निष्पक्षतामा प्रश्न उठेको उनको भनाइ छ ।

सत्ता, पहुँच वा प्रभावका आधारमा नियुक्ति हुने विगतको प्रवृत्तिलाई ध्यानमा राख्दै, यस्ता विषयमा मन्त्रालयको निर्णय प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने माग फार्मेसी संघले राखेको छ ।

कुन व्यक्ति कहाँ नियुक्त हुने भन्दा पनि प्रक्रिया सही र निष्पक्ष हुनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको पन्तले बताए ।

नियुक्ति प्रक्रिया नेपाल फार्मेसी संघ फार्मेसी परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक