+
+
Shares

बेलायतका लागि प्रस्तावित राजदूतको योजना– गोरखा सम्बन्धलाई प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले संसदीय सुनुवाइमा आर्थिक कूटनीति र नेपाल–बेलायत सम्बन्ध सुदृढ गर्ने कार्ययोजना प्रस्तुत गर्नुभयो।
  • उहाँले व्यापार, लगानी, प्रविधि हस्तान्तरण, जनस्तरको सहकार्य, नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनमा सहकार्य विस्तार गर्ने अठोट व्यक्त गर्नुभयो।
  • जबराले बेलायतस्थित नेपाली समुदाय, संसदीय कूटनीति र ब्रिटिस गोर्खासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

२६ असोज, काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमवार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै पूर्वप्रधानसेनापति समेत रहनुभएका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गरेका हुन् ।

जबराले आफूलाई सेनाको पूर्व नेतृत्वकर्ताका रूपमा मात्र सिमित नराखी नेपाल सरकार र नेपाली जनताको प्रतिनिधि भएको बताए । सन् १८१६ देखि कायम नेपाल–बेलायत कुटनीतिक सम्बन्धलाई २१ औँ शताब्दीको आवश्यकताअनुसार नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने गरी अघि बढाउने उनले बताए ।

जबराले आफ्नो कार्यकालका लागि पाँच मुख्य प्राथमिकता तय गरेका छन् ।

पहिलो, आर्थिक कुटनीति अन्तर्गत बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने ।

दोस्रो, हरित अर्थतन्त्र, हिमाली जैविक विविधता र वातावरणीय संरक्षणका क्षेत्रमा साझेदारी गर्ने ।

तेस्रो, बेलायतस्थित नेपाली समुदायलाई नेपालको विकासका लागि ‘सेतु’का रूपमा परिचालन गर्ने ।

चौथो, संसदीय तथा सार्वजनिक कूटनीतिलाई व्यापक बनाउने ।

पाँचौँ, ब्रिटिस गोर्खा सैनिकसँग जोडिएका विषयहरूलाई गम्भीरताका साथ सम्बोधन गर्ने ।

आफ्नो लामो सैनिक सेवाकाल र अनुभवले बेलायतसँगको सम्बन्धलाई थप उचाईमा पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘संस्थागत निरन्तरता र राष्ट्रिय हितको प्रवर्द्धन नै मेरो मुख्य ध्येय हुनेछ ।’

बेलायतसँगको गोरखा सम्बन्धलाई सम्मान गर्दै उनले आफ्नो सैन्य पृष्ठभूमि र रोयल मिलिटरी एकेडेमीमा तालिम लिएको अनुभवले दुई देशबीचको सैन्य कुटनीतिमा सहजता ल्याउने संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?