News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले उपनेता पद्मा अर्यालले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली चेली बिहे गरेर चीन लगेपछि अलपत्र पर्ने समस्या समाधानबारे जवाफ मागिन् ।
- उनले शर्माको सुनुवाइका क्रममा पोखरा र भैरहवा विमानस्थल सञ्चालनबारे पनि प्रश्न उठाइन् ।
- अर्यालले चीनसँगको नाका सञ्चालनबारे पनि योजना मागिन् ।
२६ असोज, काठमाडौं । नेकपा एमालेले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली महिला बिहे गरेर चीन जाने र अलपत्र पर्ने समस्या समाधानको उपाय खोजेको छ ।
शर्माको सुनुवाइ जारी छ । सांसदहरुले प्रश्न र सुझाव राखेका छन् ।
यसक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भनिन्, “बिहे गर्ने नाममा नेपाली चेली लैजाने, त्यसपछि चीनमा अलपत्र पर्ने कुरा छ ।’
यस विषयमा उनले प्रस्तावित राजदूत शर्मासँग जवाफ माग गरिन् ।
साथै उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको विषय उठाइन् । चीन सँगको नाका सञ्चालनको विषयमा पनि योजना माग गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4